अमेरिकाले रद्द गर्यो चिनियाँ विद्यार्थीको भिसा


अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।
बौद्धिक सम्पत्ति, प्रविधि र अन्य संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको बताइएको छ ।     
     
विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा १ हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपि, संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम भएको अधिकारीले बताएका छन् ।     
     
 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १५:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया