भारतीय धनाढ्य मुकेश अम्बानी बने विश्वकै पाँचौ धनी

विश्वका सबैभन्दा धनी दश व्यक्तिमा भारतीय धनाढ्य मुकेश अम्बानी पनि परेका छन् । कतिसम्म भने उनले यसअघि आफूभन्दा धनी रहेका वारेन बफेटलाई पनि पछाडि पारिदिएका छन् ।

योसँगै उनी विश्वकै धनीको सूचीमा पाँच नम्बरमा पुगेका छन् । 

एशियाका सबैभन्दा धनी मुकेश अम्बानीको कूल सम्पत्ति अब ८८.४ अर्ब अमेरिकी डलर पुगेको छ । योसँगै मुकेश अम्बानी अब एलन मस्कभन्दा पनि धनी भएका छन् । 

फोर्ब्स पत्रिकाले निकालेको सूचीअनुसार अब मुकेशभन्दा जेफ बेजोस, बिल गेट्स, बर्नार्ड अर्नाट एन्ड फ्यामिली र मार्क जुकरबर्गमात्र बढी धनी रहेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १५:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया