नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्यो, १४ हजारभन्दा बढी सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार नेपालमा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको हो ।

बिहीबार एक हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो ।

बिहीबार नेपालमा कोरोनाभाइरसका कारण ५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

बिहीबार नै नेपालमा १८१८ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३५ हजार ७ सय पुगेको छ । 

यसको अर्थ हो नेपालमा अहिले १४ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित सक्रिय अवस्थामा रहेका छन् ।
 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया