काठमाडौं उपत्यकामा मात्रै ५ हजार ७ सयभन्दा धेरै संक्रमित

नेपालमा कोरोनाभाइरस संक्रमणका कारण अब सबैभन्दा बढी प्रभावित जिल्ला भएको छ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र होइन, काठमाडौं उपत्यकामा मात्रै पनि अब नेपालभरका सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

काठमाडौं जिल्लामा मात्र बिहीबारसम्मको तथ्यांकअनुसार ४ हजार ५ सय २२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

त्यस्तै, ललितपुरमा ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अनि भक्तपुरमा कोरोनाभाइरस संक्रमितको संख्या रहेको छ, ५ सय १८ । 

योसँगै नेपालमा सबैभन्दा बढी प्रभावित काठमाडौंमा २१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना जित्नेको संख्या पनि १ सय १० मात्र रहेको छ ।

उता, ललितपुरमा ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ ३० जनाले मात्र अहिलेसम्म कोरोना जितेका छन् । भक्तपुरमा कोरोना ठिक हुनेको संख्या ३१ पुगेको छ । भक्तपुरमा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया