एक जिल्लाबाट अर्को जिल्लामा जानेले अनिवार्य १४ दिन आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने

अब विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसरी १४ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै लक्षण नदेखिएमा उनीहरुले पिसिआर परीक्षण गर्नुनपर्ने बताएका छन् । 

त्यस्तै, सरकारले पिसिआर टेस्ट महँगो र धेरै समय लाग्ने भएका कारण एन्टिजेन टेस्ट गर्न स्वीकृति दिएको पनि डा. गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार २०:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया