चितवनमा थपिए ७५ कोरोनाभाइरस संक्रमित

चितवनमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । चितवनमा ५४ जनामा शुक्रबार विहान आएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा यो नतिजा आएको हो । यीमध्ये ४० जना चितवनकै हुन् । अन्य १४ जना अन्य जिल्लाका हुन् ।

योसँगै चितवनमा एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चितवनमा मात्र ३१ जना संक्रमित थपिएको समाचार शुक्रबार विहान आएको थियो । यीमध्ये भरतपुर महानगरपालिका वडा नं १० का मात्र १० जना रहेका छन् । अन्य संक्रमित नवलपुर, बारा, रुपन्देही, तनहुँ, मकवानपुर र गोरखाका रहेका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ११:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया