बैठकमा २० मिनेट बसेर बाहिरिए ओली, प्रचण्डलाई बैठकको जिम्मा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकबाट बाहिरिएका छन् । बैठक शुरु गरेर २० मिनेट बसे पछी ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएर बैठकबाट बाहिरिएका हुन् । 

लामो समय बैठकमा बसिरहँदा स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको स्थायी कमिटीका एक नेताले फरकधारलाई जानकारी दिए । 

नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल गरी आजै पारित गर्ने तयारी रहेको बताइएको छ । बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने र प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी भएको एक नेताले जानकारी दिए । 

नेकपाभित्र पछिल्लो केही समययता चुलिएको आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरिएको ६ सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा दुबै अध्यक्षले तयार पारेको साझा प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १२:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया