आइइएलटिएसजस्ता परीक्षा सञ्चालन गर्न पाइने
प्रतीकात्मक तस्बिर

कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा जारी भएदेखि स्थगित भएका विभिन्न भाषाका परीक्षा सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

यो निर्णयसँगै व्यावसायिक अंग्रेजी परीक्षण, टोफेल, जिआरई, जेएलएफडब्लु, आइइएलटिएस, जिम्याटलगायत परीक्षाहरु सञ्चालन गर्न सकिनेछ । यस्तै, प्रकृतिका परीक्षा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा संचालन कार्यविधि, २०७७ ले तय गरेको विधि अनुसार गराउन जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

साथै, यस्ता परीक्षा स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड समेत विपरीत नहुने गरी सञ्चालन गर्न अनुरोध गरिएको छ ।






  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १७:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया