पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमण निकै बढेको छ । कोरोनाभाइरस संक्रमितको संख्या पनि लगातार बढ्दो छ ।
शुक्रबार पनि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्र कोरोना संक्रमितको संख्या नेपालमा ५० हजार कटेको थियो । अब शुक्रबार १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १० हजार ७ सय १ परीक्षणमा १४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यीमध्ये ४ सय ६३ जना महिला छन् । ९ सय ९१ पुरुष छन् ।
नेपालमा शुक्रबार मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ रहेको छ । योसँगै नेपालमा ३ सय २२ जनाको कोभिड १९ का कारण निधन भएको छ । नेपालमा एकै दिन यति धेरै कोरोना संक्रमित थपिएको शुक्रबार पहिलो पटक हो ।
कोरोना संक्रमितको संख्यामा काठमाडौं उपत्यकामा पनि अर्को रेकर्ड बनेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मात्र ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ६ सय २० जना काठमाडौंका हुन् । ललितपुर र भक्तपुरका ३८–३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एकै दिनमा सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको पनि शुक्रबार पहिलो पटक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।