कोरोनाविरुद्धको खोप नेपालमा 'क्लिनिक ट्रायल' छिट्टै सुरु गर्ने स्वास्थ्य मन्त्रालयको दाबी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने  जनाएको छ । मन्त्रालयका कोभिड-१९ फोकल महेन्द्र श्रेष्ठले नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने दाबी गरे ।  

उनले विभिन्‍न देशहरुले खोपहरुको विकास गरेर 'क्लिनिक ट्रायल' गरिरहेको बताए । खोपको 'क्लिनिकल ट्रायल' नेपालमा गर्न राष्ट्रिय खोप सल्लाहकार समितिलाई पहल गर्न भनिसकेको पनि उनले जानकारी दिए । उनले भने, ‘खोपको 'क्लिनिक ट्रायल'का विषयमा मन्त्रालयमा छलफल गरेर छिटै नै सुरु गछौँ ।’

होङ्सी कम्पनीका कर्मचारीहरुलाई चीनले नै उत्पादन गरेको कोरोनाविरुद्धको खोपको 'क्लिनिक ट्रायल' गर्न अनुमति दिइएको उनले जानकारी दिए । स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा रुसको खोप, अक्सफोर्ड ग्रुपले उत्पादन गरेको खोप र चीनमा उत्पादित खोप नेपालमा 'क्लनिक ट्रायल' गर्ने जनाएको थियो । 

अन्य देशमा प्रभावकारी देखिएको औषधि वा भ्याक्सिन नेपालमा पनि परीक्षणबिना प्रभावकारी मान्‍न नसकिने हुँदा 'क्लिनिक ट्रायल' गर्नुपर्ने परिषद्ले जनाएको छ ।

नेपालमा खोपको 'क्लिनिक ट्रायल'मा सहभागी हुनेले खोप लगाउन म तयार छु भनेर पेपरमा हस्ताक्षर गरेपछि मात्र सहभागी हुन पाउने छन् ।  यसअघि नेपालमा 'टाइफाइड'को खोपको क्लिनिक ट्रायल गरिएको थियो  ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १९:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया