पार्टी नेता र मन्त्रीकहाँ बिचौलियाको बिगबिगी भयोः नेता खनाल
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले देशमा भ्रष्टाचार व्याप्त हुँदै गएको बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पन्न भएको नेकपाको स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेता खनालले त्यस्तो बताएका हुन् । 

उनले कमिशन कानुन बनाउनुपर्ने मत राख्दै भ्रष्टाचार पूर्णरुपमा निर्मूल पार्न कमिशन कानून बनाएर तह लगाउनुपर्ने बताएका हुन् ।

‘भ्रष्टाचारका विरुद्ध पञ्चायतविरुद्धको संघर्षमा दिलो ज्यान फालेर संघर्ष गरियो । बहुदल आएपछि भ्रष्टाचार उस्तै भयो’ बैठकमा बोल्दै नेता खनालले भने, ‘२०६२÷०६३ सालको जनक्रान्तिपछि भ्रष्टाचार झन मौलाउँदै पञ्चायतलाई समेत माथ खुवाउनेगरी भ्रष्टाचार भयो । अब पनि चुप लागेर बस्न सकिँदैन । भ्रष्टाचार, घुसखोरी, बिचौलियाविरुद्ध कमिशन कानून बनाएर निर्मूल पार्नुपर्छ ।’

नेकपा सरकारले भ्रष्टाचार निर्मुल गर्न नसके त्यसैले नेकपालाई सिध्याउने भन्दै नेता यसलाई रोक्न पार्टीपङ्ती लाग्नुपर्ने बताए । उनले भने, ‘कोरोना महामारीमा समेत भ्रष्टाचार उस्तै छ । पार्टी नेता मन्त्रीकहाँ जताततै भ्रष्टाचारी र विचौलियाको बिगबिगी छ । कम्युनिस्ट पार्टी र आन्दोलनलाई चीरस्थायी बनाउन  भ्रष्टाचारलाई तह लगाउनुपर्छ ।’

भ्रष्टचारी बिचौलिया सरकारलाई रिझाएर आर्थिक अनियमितता गर्न राजनीतिक नियुक्तिमा समेत हाबी हुँदै गएको भन्दै नेता खनालले बैठकमा आक्रोश पोखेका थिए । भ्रष्टाचारी बिचौलियले मन्त्री फाल्नेमात्रै नभई पार्टी फोर्ने÷जुटाउने समेत ल्याकत राख्ने गरेको भन्दै नेकपा नेताहरुले लामो समयदेखि विरोध गर्दै आएका छन् । 





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार २१:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया