चितवनमा थपिए ८७ संक्रमित, एकको मृत्यु

चितवनमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार बिहान त्यहाँ थप ८७ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

भरतपुर अस्पतालमा भएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

५ सय ३३ जनाको परीक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, चितवनमा कोरोनाका कारण शुक्रबार राति थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पुरुष भएको र उनी बिहीबार राति आकस्मिक वार्डमा अस्पतालमा भर्ना भएको बताइएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनलाई श्वासप्रश्वासको समस्या थियो ।

उनी रत्ननगरपालिका २ का ४६ वर्षका पुरुष भएको अस्पतालले जनाएको छ । 

योसँगै चितवनमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । यीमध्ये १६ जना चितवनकै हुन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ७:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया