५ कम्पनीको ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायनको प्रयोग
उपयोगमा नल्याउन औषधि व्यवस्था विभागको अनुरोध

काठमाडौं उपत्यकामा सञ्चालित ५ कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर विषाक्त रसायन पाइएको छ । औषधि व्यवस्था विभागको सूचना अनुसार ती कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरमा मेथानोल प्रयोग भएको पाइएकाले प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभागले जारी गरेको सूचनामा भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि., आधार केमिकल एन्ड फुड इन्डष्ट्रि प्रा.लि., सर्च केम कम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न भनिएको छ ।

जसमा नेपाल कायाकल्पले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर, हाइजिन सोपले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ओर्जिनल, आधार केमिकल्सले एडभान्स ह्यान्ड सेनिटाइजर, सर्च केमले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सूर्यमुखीले सूर्यमुखी ह्यान्ड सेनिटाइजर नामको ह्यान्ड सेनिटाइजर उत्पादन गर्दै आएको छ ।

यी कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्टान्ट ह्यान्ड सेनिटाइटर (अल्कोहल बेस्ड)’ सम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन (मिथानोल) समावेश भएको पुष्टि भएको थियो । जसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने विभागले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १३:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया