बाढीपीडितलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका–६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ । 

पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई–दुई हजार नगदसहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापासहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे ।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिँदा काजी विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर–परिवार विस्थापित भएका थिए । 

कार्यक्रममा पूर्वमन्त्री थापाले प्रतिपक्षमा रहेर कांग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए । नेका जिल्ला सभापति केसीले पीडित परिवारको सुरक्षित बसोवासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १९:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया