सोमबार मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री, हट्ने मन्त्रीकाे सूची तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् फेरबदल गर्न लागेका हुन् ।

उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गरेका हुन् । खाली रहेका मन्त्रालय तथा दुई वर्ष पुगेका केही मन्त्री एवं राज्यमन्त्री हटाएर त्यसको ठाउँमा नयाँ मन्त्री बनाउने योजना रहेको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘अध्यक्षद्वयबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गर्नुभएको छ ।’ नेकपाभित्र देखिएको पछिल्लो विवादका कारण मन्त्रिपरिषद् हेरफेर रोकिएको थियो । विवाद समाधानका सन्दर्भमा महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको समस्या समाधान कार्यदलले पनि मन्त्रीपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको थियो । 

मन्त्रीपरिषद् पुर्नगठन गर्नेक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्ति बस्नेत हट्ने लिस्टमा रहेको स्रोतको भनाई छ ।

ती मन्त्रीहरुको ठाउँमा कसलाई ल्याउने भन्ने कुरा छलफल भइरहेको बताइएको छ । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयको मन्त्रीमा समेत ट्रान्सफर गर्न सक्नेछन् । 

नेकपाभित्रको विवाद समाधान गर्न साउन अन्तिममा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले ६ भदौमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पनि प्रभावकारी काम गर्ने गरी मन्त्रीपरिषद् हेरफेर गर्ने र सहमतिमा राजनीतिक नियुक्ति गर्न सुझाब दिएको थियो ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १४:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया