कोरोना सङ्क्रमितको फोक्सो र मुटुमा लामो समयसम्म समस्या आउने

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । 

युरोपेली श्वासप्रश्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताले कोरोनाका कारण फोक्सो र मुटुमा सिर्जना भएको समस्या समाधान हुने, तर समय भने लाग्ने पनि निष्कर्ष निकालेका हुन् । उनीहरुले कोरोनाका कारण समस्या सिर्जना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् ।

यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितलाई समेटिएको थियो । अध्ययनमा सहभागी अस्पताल भर्ना भएका १५० जना बिरामी नै थिए । उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका बिरामी हुन् । सुरुमा ८६ बिरामीमा सर्वेक्षण गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि ६ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टलाई विश्लेषण गरिएको थियो । 

त्यसैगरी, रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणलाई हेरिएको थियो ।  यी सबै विवरणका आधारमा पहिलोपटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत बिरामीमा फोक्सोको समस्या देखिएको थियो ।  

त्यसैगरी, डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रोपटकको परीक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताले बताएका छन् ।   यसरी जति पछि हुँदै गयो, त्यति धेरै बिरामीका मुटु र फोक्सोको समस्यामा कमी हुँदै गएको देखिएको अध्ययनकर्ताको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १६:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया