कोरोनाको गलत प्रचार गर्ने तीन जनालाई कारबाही

लमजुङमा कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाहीस्वरुप प्रतिव्यक्ति रु पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

उनले भने, ‘उनीहरुले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोरोनाका बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारबाही गरेका हौं ।’

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारबाही स्वरुप उक्त जरिवाना  गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १९:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया