सुदूरपश्चिममा थपिए ७६ कोरोना संक्रमित, ६ हजार तीन सय ३५

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७६ जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय ३५ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ । 

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक सङ्क्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

हालसम्म कोरोनाका कारण कैलालीका ६, बझाङ र बाजुराका दुई–दुई र अछाममा एकजना गरी ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्युदर स्थिर छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार २०:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया