ट्रेजरी बिलमार्फत १३ अर्ब उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार (भदौ ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बताइएको छ । 
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्व हुनेछ । यसैगरी, ९१ दिनका लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ मंसिर ३० गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनका जारी गर्न लागिएको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ चैत ३ गते परिपक्व हुनेछ । साथै, १ वर्षका जारी हुने लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ भदौ २९ गते परिपक्व हुनेछ ।

के हो ट्रेजरी बिल

 ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । 

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १३:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया