किसान परिवारबाट उदाएका सुगा, जो बन्दै छन् जापानको प्रधानमन्त्री

जापानी प्रधानमन्त्री पदबाट २८ अगष्टमा सिन्जो आबेले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भएको छ। आबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए। नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार संसद्मा मतदान हुने भएको छ।  

नयाँ प्रधानमन्त्रीमा आबेसम्बद्ध दल लिबरल डेमोक्रेटिक पार्टीकै सांसद योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सोमबार सुगालाई सो पार्टीले दलको नेतामा चयन गरेको छ। 

लिबरल डेमोक्रेटिक पार्टीका सांसद र क्षेत्रीय प्रतिनिधिले गरेको मतदानमा ५३४ मध्ये ३७७ भोट प्राप्त गरी सुगा पार्टीको नेतामा चुनिएका हुन्।

जापानको प्रतिनिधिसभामा रहेका ४६५ मध्ये सत्तारुढ पार्टीसँग २८३ सदस्य छन्। बहुमत सांसदको मतदानबाट उनी जापानको प्रधानमन्त्री बन्नेछन्।
  
को हुन् सुगा ?

एक स्ट्रबेरी किसान परिवारमा जन्मिएका सुगा जापानको राजनीतिमा लामो समयदेखि प्रभाव जमाइरहेका व्यक्ति हुन्। टोकियोमा ग्राजुएनस गरिरहेका बेला संसदीय चुनावको अभियानमा सहभागी भएपछि उनी राजनीतितर्फ आकर्षित भएका थिए। त्यस निर्वाचनपछि उनले लिबरल डेमोक्रेटिक पार्टीका एक सांसदको स्वकीय सचिवका रुममा काम गर्ने अवसर पाए।
 
यसपछि पार्टीको सक्रिय राजनीतिमा लागेका सुगा १९८७ मा योकोहामा सिटी काउन्सिलमा निर्वाचित भए। सुगा १०९६ मा पहिलोपटक जापानको संसदमा निर्वाचित भए।

सन् २००५ मा  तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइज़ुमीको क्याबिनेटमा उनी आन्तरिक मामिला तथा सञ्चार विभागका वरिष्ठ उपमन्त्री बनेका थिए। 
भर्खरै प्रधानन्त्रीबाट राजीनामा दिएका सिन्जो आबेले सुगालाई २००७ मा वरिष्ठ मन्त्री बनाएका थिए।
 
२०१२ मा आबे पुन: प्रधानमन्त्री बनेपछि सुगालाई मुख्य क्याबिनेट सेक्रेटरीको पदमा नियुक्त गरेका थिए। त्यसयता सुगा आबेको दाहिने हातका रुममा रहँदै आएका थिए। जापानी कर्मचारी प्रशासनको व्यवस्थापनको नेतृत्व पनि सुगाले नै सम्हाल्दै आएका थिए। जापानको सार्वजनिक प्रशासन सुधारमा सुगाले महत्वपूर्ण भूमिका खेलेका थिए। 



जापानमा अबको प्रतिनिधि सभा निर्वाचन २०२१ सेप्टेम्बरमा अर्थात एक वर्षपछि हुँदैछ । दलले बहुमत ल्याएको खण्डमा त्यसपछिको प्रधानमन्त्रीका रुपमा पनि सुगाकै सम्भावना देखिन्छ । हाल जापानमा उत्पन्न भइरहेको आर्थिक संकटको सामना गर्नुपर्ने चुनौती उनीसामु छ । 



  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १६:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया