निजी प्रयोगशालाले भने- ‘दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन’

निजी प्रयोगशालाहरूले प्रतिव्यक्ति २ हजार रुपैयाँमा कोरोना परीक्षण गर्न नसकिने जनाएका छन् ।

२ हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत २ हजार रुपैयाँभन्दा बढी पर्ने उनीहरूको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर २ हजार निर्धारण गरेको थियो । यो दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ ।

१४ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको दुई हजार शुल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानै शुल्क रु.४४ सयमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै २ हजारमा परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँदछौं ।’





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १९:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया