कर्मचारी र ड्राइभरलाई कोरोना देखिएपछि विराटनगरका मेयर क्वारेन्टिनमा

कर्मचारीलाई कोरोना देखिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

मेयर पराजुलीका सवारी चालक र विराटनगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिन बसेका हुन् ।

संक्रमितको क्लोज कन्ट्याक्टमा परेका कारण जैन भवन क्वारेन्टिनमा बसेको मेयर पराजुलीले बताएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई आइतबार र मेयर पराजुलीका सवारी चालकलाई सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १९:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया