भारतमा १७ जना सांसदमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि गरिएको परीक्षणमा सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सत्तारुढ दल भारतीय जनता पार्टीकी मीनाक्षी लेखी, अनन्तकुमार हज्डी, प्रवेश सहिब सिंहलगायत सांसदलाई कोरोना संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको संघीय संसदको वर्षे अधिवेशन यही सोमबारदेखि सुरु भएको छ । कोरोना महामारीका कारण वर्षे अधिवेशनमा ढिलाइ भएको हो ।
सरकारले सांसदहरुका लागि कोरोनाबारे जानकारी उपलब्ध गराउन र सहज सूचनाका लागि मोबाइल एपसमेत बनाइएको छ । सोहीअनुरुप सांसदहरु पूर्वतयारी गरेर संसद बैठकमा आउने गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।