समयमै मल नल्याएको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले बुधबारसम्म निर्णय कार्यान्वयन नगर्न कृषि सामाग्री कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आइतबार शैलुङ इन्टरप्राइजेजले कृषि सामग्री कम्पनीको निर्णयविरुद्ध अदालतमा रिट हालेको थियो ।
सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले रिटका दुवै पक्षलाई बहसका लागि बुधबार बोलाएको छ । बहसपछि कालोसूचीमा राख्ने निर्णय कार्यान्वयनबारे आदेश जारी हुनेछ ।
यसअघि समयमै मल नल्लाउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो ।
मल नल्याएपछि कृषि मन्त्री घनश्याम भुसालले यसअघि नै धरौटी जफतको निर्णय भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।