मेरो सेयर अब मोबाइल एपमा

मेरो सेयरको मोबाइल एप्स सार्वजनिक हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले बुधबार मोबाइल एप सार्वजनिक गर्ने  तयारी गरेको बताइएको छ ।

एपको आन्तरिक परीक्षण सम्पन्न गरिसकेको सिडिएससीले जनाएको छ । आन्तरिक परीक्षण सफल भएपछि सर्वसाधारणका लागि एप सार्वजनिक गर्न लागिएको सिडिएससीले जनाएको छ ।

हाललाई एन्ड्रोइड मोेबाइलमा मात्र उपलब्ध हुने  एप छिट्टै आईओएस सिस्टमको मोवाइल फोनका लागि पनि तयार गरिने बताइएको छ  । हालसम्म मेरो सेयरको सफ्टवेयर वेब बेसमा मात्र रहेको थियो ।

मोवाइल एपमार्फत पनि मेरो सेयरमार्फत गर्न सकिने सबै काम गर्न सकिने बताइएको छ । एपमा आइपिओमा आवेदन दिन, सेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा उपलब्ध छ । अहिले मेरो सेयर सफ्टवेयरमा देखिएका बिभिन्न समस्या मोबाइल एपमा भने नदेखिने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १३:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया