​अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई कास्य

सेप्टेम्बर ७ देखि १३ सम्म कोरोना महामारीका कारण अनलाइनमार्फत् सञ्चालन भएको अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा अर्जुन सापकोटा र जीवन महर्जनको  नेतृत्वमा नेपालका तर्फ बाट हृशव पाण्डे र मनोजनाथ योगीले कास्य पदक जितेका छन् । 

फाइनान्सियल लिटिरेसी गेम, इकोनोमिक्स टेस्ट र बिजनेस केस एनालाइसिस गरी तीन विधामा प्रतिस्पर्धा भएको ओलम्पियाडमा समग्रतामा नेपालका तर्फ बाट दुई जनाले कास्यपदक जितेका हुन् । कास्य पदक विजेता पाण्डे ग्लोबल कलेज अफ मेनेजमेन्ट र योगी ग्लोबल इन्टरनेसनल कलेजका छात्र हुन् । पाण्डे र योगी द्वयलाई पदक जिताउन अन्य टिमका सदस्यहरु जीवन खड्का, निष्ठा श्रेष्ठ र सुशील खनाल योगदान रहेको थियो ।

गत फेब्रुअरी १४ देखि १६ सम्म राजधानीको युलेन्स स्कुलमा सम्पन्न भएको नेपाल इकोनोमिक्स ओलम्पियाड २०२० राष्ट्रिय प्रतियोगिता विजेता ५ विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका थिए । बाँकी विद्यार्थीको प्रदर्शन उत्कृष्ट रहँदा रहँदै केही विधामा राम्रो अंक ल्याउन असफल भएका हुन् । तसर्थ सम्पूर्ण सहभागीको प्रस्तुति प्रशंसा योग्य छ । गत वर्ष नेपालले एक कास्य पदक जितेको थियो भने यो वर्ष दुईटा जित्न सफल भएको छ ।

२९ देश सहभागी प्रतियोगितामा ब्राजिल प्रथम, इन्डोनेसिया दोस्रो र रसिया तेस्रो भएका थिए । नेपाल टिम प्रतिस्पर्धामा १५ औं स्थानमा रह्यो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १३:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया