पोखराको कोमागाने पार्कमा बनाइएका मूर्ति मूर्ति अलपत्र

पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सात वर्षअघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरू अहिले संरक्षणको अभावमा छरपस्ट छन् भने दिन प्रतिदिन जीर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो । पार्कमा नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाल लगायतमा मूर्तिहरू निर्माण गरिएको थियो ।

त्यस्ता महत्त्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ । यो पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर, अहिलेसम्म महानगरपालिकाले कुनै पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिँदैन । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरूको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताए । 

पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मूर्तिहरू सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १४:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया