शैक्षिक सत्र परिवर्तन हुँदैन : महानिर्देशक दाहाल

चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने पाठ्यक्रम विकास केन्द्रको भनाइ छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाइ प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत रहेको बताएका हुन् ।

पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिने दाहालको भनाइ थियो ।

नेपालका पाँच वटा हिमाली जिल्लाबाहेक अन्यमा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । पाँच हिमाली जिल्लामा भने फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुने गरेको छ ।


केही विद्यालयहरूले असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि विद्यालय तहमा अध्ययनरत अधिकांश विद्यार्थी अनलाइन शिक्षाको पहुँच भन्दा बाहिर रहेको सरोकारवालाको भनाइ छ ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १६:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया