त्रिवि पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने नेवि संघको चेतावनी

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ । 

विश्विवद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको माग राख्दै आन्दोलनमा उत्रिएको संघले विभिन्न ९ कारण देखाउँदै पदाधिकारीलाई प्रवेशमा रोक गराउने चेतावनी दिएको हो । 

आफ्ना मागप्रति जवेवास्ता गरेको र विश्वविद्यालयको हितमा कुनै योजना नल्याएको भन्दै विद्यार्थीहरुले मंगलबार विश्वविद्यालयमा र्यालीसहित प्रदर्शन गरेका थिए । प्रदर्शन्पछि संघले बुधबारदेखि पदाधिकारीलाई गेटबाटै छिर्न नदिने घोषणा गरेको हो ।​​

विश्विवद्यालयमा प्राज्ञिक मर्यादाविपरीत नेकपाका कार्यकर्तालाई नियुक्ति दिइएको, पदाधिकारी नियुक्त गर्दा त्रिविको नियम लत्याइएको, विद्यार्थीबाट महँगो शुल्क असुलेको, कोरोना महामारीको ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापनलगायत नीति र कार्यक्रम नबनाएको र जायज माग राख्दा विद्यार्थीमाथि झुटा मुद्दा लगाएको आरोप नेविसंघले लगाएको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १७:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया