सुशान्त प्रकरणः प्रहरीले रियालाई सोध्यो ५५ प्रश्न

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको तीन महिना भइसकेको छ । यहीबीच यो प्रकरणमा पक्राउ परेका छन्, १७ जना । तिनैमध्ये एक हुन् सुशान्तकी प्रेमिका रिया चक्रवर्ती । 

रिया अहिले प्रहरी हिरासतमा नै छिन् । उनलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको हो । अनि उनलाई अहिलेसम्म चार दिनभन्दा बढी सोधपुछ गरिएको छ । यो सोधपुछमा उनलाई ५५ प्रश्न सोधिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी सबै प्रश्न सुशान्त र रियाको परिवारबारे सोधिएका हुन् ।

८ सेप्टेम्बरमा पक्राउ परेकी रियाबाट पाएका जवाफहरु आफूहरुलाई चित्त बुझेको प्रहरी अधिकारीले बताएका छन् ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ३:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया