कोरोनाले सबैभन्दा बढी प्रभावित पाँच जिल्ला

नेपालमा पछिल्लो समय लकडाउन तथा निषेधाज्ञा सहज बनाइएपछि कोरोनाभाइरस संक्रमणले रफ्तार लिएको छ । पछिल्ला केही दिन यता नेपालमा प्रत्येक दिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । 

त्यसमा पनि काठमाडौं जिल्ला र काठमाडौं उपत्यकामा कोरोनाले प्रत्येक दिनजसो नयाँ नयाँ रेकर्ड बनाएको छ । 

नेपालमा अहिले कोरोनाभाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित जिल्लामा पनि काठमाडौं नै परेको छ । काठमाडौंमा अहिलेसम्म १० हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ । 

मृत्युको संख्याको आधारमा पनि काठमाडौं नै सबैभन्दा बढी प्रभावित जिल्ला हो । काठमाडौं जिल्लामा मात्र अहिलेसम्म कोरोनाका कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् । 

काठमाडौंपछि सबैभन्दा बढी प्रभावित जिल्लाको सूचीमा आउँछ, पर्सा । पर्सामा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृत्युमा पनि पर्सा नै दोस्रो नम्बरमा रहेको छ । पर्सामा ४४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 

गत वर्ष चीनको वुहानमा पहिलोपटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित तेस्रो जिल्ला हो, मोरङ । मोरङमा अहिलेसम्म २ हजार २ सय ४० जना कोरोनाभाइरस संक्रमित भेटिइसकेका छन् । अनि २५ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 



धनुषा र रुपन्देही कोरोनाभाइरस संक्रमित तथा कोरोनाका सबैभन्दा धेरै मृत्यु भएका जिल्लामा क्रमशः चौथो र पाँचौमा पर्छन् । बुधबार विहानसम्मको तथ्यांकअनुसार धनुषामा १ हजार ८ सय ७७ जनाले कोरोना संक्रमित भेटिएका छन् भने रुपन्देहीमा १ हजार ८ सय ४ जनाले । यी दुई जिल्लामा १६–१६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 

यी पाँच जिल्लामा सबैभन्दा बढी कोरोना जित्नेको संख्या भएको चाहिँ धनुषा हो । धनुषामा ५ सय ८० जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । काठमाडौंमा कोरोना जित्नेको संख्या १ सय १० रहेको छ ।



  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ३:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया