सुशान्त घटनामा नयाँ खुलासाः मृत्युको अघिल्लो दिनदेखि नै उठाएका थिएनन् फोन
फरकधार / ३० भदौ, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब ३ महिना भइसकेको छ । तर, उनको मृत्युसँग सम्बन्धित विभिन्न विषयमा अझै पनि जानकारी आइरहेका छन्, प्रत्येक दिनजसो नयाँ नयाँ खुलासा भइरहेका छन् । अब यही घटनासँग सम्बन्धित नयाँ खुलासा भएको छ । 

भारतीय मिडिया टाइम्स नाउको रिपोर्टअनुसार सुशान्त सिंहले १३ जुन दिउँसो २ बजेर २२ मिनेट गएपछि कुनै फोन उठाएका थिएनन्, कसैलाई मेसेज पनि गरेका थिएनन् । अब यो खुलासा भएसँगै यो घटनाबारे थप नयाँ जानकारी आउन सक्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७ बुधबार ५:३८:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया