सिन्धुपाल्चोकमा रातभर वर्षा, विहानै भूकम्प
फरकधार / ३१ भदौ, २०७७
सिन्धुपाल्चाेकमा केही दिन अघि गएकाे पहिराे ।

सिन्धुपाल्चोकमा आज विहान राम्चे केन्द्रविन्दू बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको निकै चर्को महसुस भएको छ । 



पछिल्लो केही समय सिन्धुपाल्चोकमा पानीका कारण ठूलाठूला पहिरा गएका छन् । दर्जनौँले पहिरोमा परि ज्यान गुमाइसकेका छन् ।

बुधबार विहान पनि सिन्धुपाल्चोकको पहिरो बढी जाने जोखिम भएकै क्षेत्रमा भूकम्पको केन्द्रविन्दू भएको छ । 

२०७२ सालमा गएको भूकम्पका कारण पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो । त्यति बेलाको भूकम्पका कारण जमीन कमजोर भएको र अहिले पहिरो गएको अनुमान गर्न थालिएको छ । 

आज विहान भूकम्प गएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सबै सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन दिएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण आइसकेको छैन ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ६:३८:५४,   अन्तिम अपडेट : भदौ ३१, २०७७ बुधबार ६:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया