बुधबार विहानको भूकम्प गोरखा भूकम्पको परकम्प
फरकधार / ३१ भदौ, २०७७

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू बनाएर बुधबार विहान ५ बजेर १९ मिनेट जाँदा गएको भूकम्प नयाँ नभएको बताइएको छ । 



राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ रेक्टर स्केलको मापन गरेको यो भूकम्प नयाँ भने होइन । 

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले यो भूकम्प यसअघि २०७२ साल वैशाखमा गएको गोरखा भूकम्पकै परकम्प भएको जानकारी राससलाई दिएका छन् । उनका अनुसार यस्ता ठूला भूकम्पका परकम्प वर्षौपछि सम्म पनि जानसक्छन् । 

उनले २०७२ यता नै नेपालमा गोरखा भूकम्पपछि ५ सय ५० भन्दा बढी परकम्प ४ रेक्टर स्केलमाथिको रहेको पनि राससलाई जानकारी दिएका छन् । 

बुधबार विहानको भूकम्पले सिन्धुपाल्चोकमा थप जोखिम बढाएको बताइएको छ । यो भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्ला, कास्की तथा लमजुङसम्म पनि महसुस गरिएको थियो ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ७:१०:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया