कुलमानलाई प्राधिकरणमा पुनर्नियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमूना : मिश्र
फरकधार / ३१ भदौ, २०७७

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति नभएपछि अहिले सरकारको चौतर्फी विरोध भइरहेको छ । 



दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र विद्युत चुहावट कम गर्न सकेका घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिन सामाजिक संजालमा सर्वसाधारण, कलाकार लगायतले माग गरिरहेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा उनले नै निरन्तरता पाउनुपर्ने माग राख्दै र्यालीसमेत निकालिएका छन् । 

यसैबीच कुलमानको समर्थन गर्दै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुलमानलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना रहेको बताएका छन् । कुलमानले असाधारण काम गरेको उनको भनाइ छ । 

‘पद्दति होइन, भ्रष्टता हो,  धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ । राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नवीकरण गरिन्छ,’ उनले लेखेका छन्,  ‘विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन । नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर ‘तिम्रो करारसेवा टुङ्गियो’ भनिन्छ । कुलमानजीले त असाधारण काम गरेका हुन् । उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो ।’
 

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १४:३६:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया