नेकपा एकीकरणपछि पहिलोपटक शुक्रबार पेरिसडाँडामा सचिवालय बैठक

 तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नेकपाको बैठक पहिलोपटक पेरिसडाँडामा बस्ने भएको छ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटवार्तापछि आगामी शुक्रबार सचिवालय बैठक बस्ने भएको हो ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको थियो । छलफलमा रिक्त रहेका संवैधानिक निकायमा पनि नियुक्त गर्ने सहमति भएको छ । 

सचिवालय बैठकमा स्थायी कमिटी बैठकले गरेका निर्णयको समीक्षा, मन्त्रिमण्डल हेरफेर र पार्टीको महाधिवेशन तयारीबारे पनि छलफल गर्ने तयारी छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १६:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया