महानगरीय प्रहरी वृत्त थिमी र सो मातहतका कार्यालयमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि वृत्तमा कार्यरत एक सय ३० जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो ।
उनीहरुमध्ये ६३ जनामा कोरोना पुष्टि भएको सो वृत्तले जनाएको छ । यति धेरै संख्याका प्रहरीलाई एकैपटक कोरोना संक्तमण भएपछि वृत्तको काम–कारबाही प्रभावित बनेको छ ।
संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको छ । दुईजनालाई भने बोडेको आइसोलेसनमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।