उपत्यकामा निषेधाज्ञालाई निरन्तरता, जोर–विजोर प्रणाली कायमै

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । साथै सवारीसाधनमा लागू गरिएको जोर–विजोर प्रणाली कायम राख्ने निर्णय गरेको छ ।

तर, जोर–विजोर प्रणाली​ उपत्यकाभित्र चल्ने सवारीसाधनका हकमा मात्रै लागू हुनेछ । उपत्यका बाहिर जाने सवारीसाधनको हकमा भने जोर–विजोर प्रणली लागू हुने छैन ।

बैठकले भिड हुनेबाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । जसअनुसार फिल्म हल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्बल, स्पाजस्ता व्यवसाय सञ्चालनमा लागेको रोक यथावत् रहनेछ । शैक्षिक संस्था सञ्चालन, गोष्ठी, सभा–सम्मेलन पनि गर्न पाइने छैन । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार २०:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया