तालिबान विद्रोही र अफगानिस्तानी सेनाबीच भिडन्त, २३ सैनिक र ३१ लडाकुको मृत्यु

अफगानिस्तानमा तालिबान विद्रोही र सेनाबीच भिडन्त हुँदा २३ अफगानी सैनिक र ३१ लडाकुको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् ।

पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार राति भएको भिडन्तमा दुवैतर्फ क्षति भएको हो । चिनियाँ समाचार एजेनसी सिन्ह्वाका अनुसार नान्गाहर प्रान्तमा मात्रै २० सैनिक र २९ तालिवान लडाकुको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन् ।

पश्चिमी बाग्गिस प्रान्तमा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो । घटनामा ६ सैनिक र पाँच लडाकु घाइते भएका छन् ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहे पनि भिडन्तको शृंखला जारी छ । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १९:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया