घाइते ललितलाई आइसिसीको सान्त्वना : पूरा विश्व क्रिकेट तिम्रो साथमा छ, स्वास्थ्यलाभको कामना ललित !

केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपाली क्रिकेटर ललित भण्डारीको स्वास्थ्य अवस्थाबारे क्रिकेटको उच्च निकाय आइसिसीले विशेष चासो देखाएको छ ।

आइसिसीले बिहिबार एक पोस्ट गर्दै भनेको छ, ‘नेपालबाट केही राम्रो समाचार आएको छ । केही दिनअघि दुर्घटनामा परेर घाइते भएका नेपाली क्रिकेटर ललित भण्डारीको सफततापूर्वक शल्यक्रिया भएको छ । पूरा विश्व क्रिकेट तिम्रो साथमा छ र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ललित !’

आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाने क्रममा उनी सवार मोटरसाइकल​लाई ट्रकले ठक्कर दिँदा उनको हात र खुट्टा भाँचिएको थियो ।
 
बिहीबार उनको ग्रान्डी अस्पतालमा शल्यक्रिया गरिएको थियो । ललितको शल्यक्रिया ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेको टिमले गरेको हो । 
 
हाल उनको स्वास्थ्य अवस्था स्थिर छ भने उनलाई डाक्टरहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार २१:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया