चितवन मेडिकल कलेजमा कोरोनाभाइरस संक्रमित एक युवाको मृत्यु भएको छ । उनी नवलपरासी देवचुलीका हुन् ।
३१ वर्षका यी पुरुषमा कोरोनाभाइरस संक्रमणको पुष्टि २६ गते भएको थियो ।
उनको गएराति मृत्यु भएको हो । पछिल्लो समय उनको भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।
चितवनमा योसँगै ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउने १७ जना चाहिँ चितवनकै हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।