युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा मेसी र रोनाल्डो परेनन्

युइएफए च्याम्पियन्स लिगका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा फरवार्ड लागि मनोनयनमा परेका खेलाडीहरूको सूची सार्वजनिक भएको छ । 

युइएफएले बिहीबार सबै विधाका खेलाडीको सूची सार्वजनिक गरेको हो । यसपटकको च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको सूचीमा विश्व फुटबलका दुई हस्तीहरू बार्सिलोनाका लियोनल मेसी तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने परेका छैनन् ।

यस पटकको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखका सर्वाधिक ७, उप विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) का ३ तथा एथ्लेटिको मड्रिड तथा म्यानचेस्टर सिटीका समान १,१ खेलाडी मनोनयनमा परेका छन् ।  

उत्कृष्ट गोलरक्षकका लागि पिएसजीका केलर नाभास, बायर्न म्युनिखका म्यानुयल नोयर र एथ्लेटिको मड्रिडका जान ओब्याक मनोनयनमा परेका छन् 

उत्कृष्ट डिफेन्डरका लागि डेभिड अल्बा, अलफन्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन् । तिनै खेलाडी बार्यन म्युनिखका हुन् ।

उत्कृष्ट मिडफिल्डरका लागि म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन तथा बायर्नका थोमस मुलर र थिएगो अलकान्तरा मनोनयनमा परेका छन् । 



उत्कृष्ट फरवार्डमा पिएसजीका नेयमार र केलियन एम्बाप्पे तथा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । 

विजेताहरूको घोषणा अक्टोबर १ मा गरिनेछ । मनोनयनमा परेका हरेक खेलाडीलाई च्याम्पियन्स लिगमा सहभागी ३२ टिमका प्रशिक्षक तथा ५५ खेल पत्रकारले ५, ३ र १ अंक दिनेछन् तर प्रशिक्षकले आफ्नो टिमका खेलाडीलाई ५ अंक दिन पाउने छैनन् ।



  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १३:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया