रियलका बेल टोटनहम फर्किए

स्पेनिस रयिल मड्रिडका स्टार खेलाडी गारेथ बेल पुनः इङ्लिस क्लब टोटनहम फर्किएका छन् । उनलाई टोटनहमले १ वर्षका लागि लोनमा भित्र्याएको हो ।

वेल्सका यी ३१ वर्षीय खेलाडी सन् २०१३ मा त्यतिबेलाको कीर्तिमानी रकम १०० मिलियन युरोमा टोटनहमबाट रियल मड्रिड पुगेका थिए । रियलमा रहँदा बेलले ४ च्याम्पियन्स लिग तथा २ ला–लिगाको उपाधि जितेका थिए ।

उनले रियलका लागि २५१ खेलमा १५१ गोल गरेका छन् भने वेल्सका लागि ८५ खेलमा ३३ गोल गरेका छन् ।

पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेका बेलले गएको सिजनमा मात्र १६ खेल खेल्ने मौका पाएका थिए । मड्रिडमा मौका पाउन छाडेपछि उनले टोटनहमको यात्रा तय गरेका हुन् ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १८:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया