नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । झन् कोरोना संक्रमण रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएको छ ।
नेपालमा शुक्रबार अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका थिए । एकै दिन २ हजार २० जनामा शुक्रबार कोरोना संक्रमण देखिएको थियो ।
अहिलेसम्म नेपालमा १० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित भएको जिल्ला चाहिँ काठमाडौं मात्र हो ।
काठमाडौंमा शनिबारको तथ्यांकअनुसार ११ हजार ७ सय ४० जना कोरोना संक्रमित रहेका छन् । यीमध्ये १ सय १० जनाले मात्र कोरोना जितेका छन् । त्यस्तै, काठमाडौंमा ६८ जनाले कोरोना जितेका छन् ।
नेपालमा अहिलेसम्म एकमात्र कोरोना संक्रमित भएको जिल्ला चाहिँ मुस्ताङ हो । त्यहाँ भेटिएका एक संक्रमितले पनि यसअघि नै कोरोना जितिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।