छैटौं संविधान दिवसका अवसरमा राष्ट्रिपति विद्यादेवी भण्डारीबाट ५९४ जनाले पदक, अलंकार र मानपदवी पाए । त्यो सूचीमा एउटा नाम छ ‘उइल्सन विक्रम राई’ । कलाकार भनी परिचय दिएकाले ठोकुवा नै गर्न नसके पनि उनी तक्मेबुढाको नामले परिचित हाँस्य कलाकार विल्सन विक्रम राईले नै रहेको अनुमान लगाउन सकिन्छ।
हाल झापामा रहेका विल्सनलाई बिहानै उनका काका सशस्त्र प्रहरीका पूर्व आइजी दुर्ज कुमार राईले फोन गरेर बधाई दिए । ‘काकाले बधाई भन्नुभयो, धन्यवाद भने, राईले भने–‘तर के को बधाई काका भनेको ? थाहा छैन पदक पाइसकिस् भन्नुभयो।’
राईले कीर्तियम राष्ट्रदीप चौथो पुरस्कार पाएका छन् । सरकारबाट पाएको यो दोस्रो पदक हो । यसअघि २०७१ सालमा प्रबल जनसेवा श्री चौथो पाएको राईले जानकारी दिए ।
पदकका लागि कसले रिफारिस गरे ? के का लागि पाइयो राइलाई थाहै छैन । 'फुर्के नम्बर १' को सुटिङका लागि झापामा रहेका विल्सिन भन्छन्–‘पदक पाउन कहाँ के गर्नुपर्छ भन्ने पनि थाहा छैन, कसरी पाएँ पाएँ, सायद पाउने काम गरेको भएरै त पाएको होला।’
प्रकाशित सूचीमा राईको नाम नै गलत छापिएको छ । ‘उइल्सन विक्रम’ लेखिएको छ । खासमा उनको नाम विल्सन विक्रम हो । ‘हो नाम मिस्टेक छ, तर ठेगाना चाँही सही छ, त्यसैले मै हो जस्तो लाग्यो, पक्कै मेरै नाम हुनुपर्छ ।’ राई हाँस्दै भन्छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।