कृतिसँग अफेयरमा थिए सुशान्त

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ३ महिनाभन्दा बढी भइसक्यो । तर, यी अभिनेताबारे अहिले पनि दैनिक नयाँ नयाँ खुलासा भइरहेको छ । अब उनका साथी लिजा मलिकले एक नयाँ खुलासा गरेका छन् । उनका अनुसार सुशान्त र कृति सेनन लभमा थिए । 

लिजाले एक अन्तर्वार्तामा यस्तो बताएपछि भारतमा फेरि तरंग उत्पन्न भएको छ । 

लिजाले आफूलाई सुशान्तले नै आफू कृतिसँग सम्बन्धमा रहेको बताएको दाबी पछि यसबारे फेरि चर्चा सुरु भएको हो । तर, यसअघि कृतिले यस्तो दाबीलाई अस्वीकार गरेकी थिइन् । फेरि सुशान्त रिया चक्रवर्तीसँग सम्बन्धमा रहेको समाचार पनि आइरहेका छन् । कृति र सुशान्तले चाहिँ फिल्म राब्तामा सँगै काम गरेका थिए ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २१:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया