अनुराग कश्यपमाथि पायल घोषले लगाइन् यौन शोषणको आरोप

अनुराग कश्यप सधैं बलिउडमा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहेका हुन्छन् । अब उनलाई एक अभिनेत्रीले गम्भीर आरोप लगाएकी छिन् । उनीमाथि आरोप लगाएकी हुन्– पायल घोष । घोषले आफूमाथि अनुरागले यौन शोषण गरेको आरोप लगाएकी हुन् । उनले ट्विट गर्दै यो आरोप लगाएकी हुन् । 

उनले ट्विटरमा लेखेकी छिन्– अनुरागले मसँग जबरजस्ती र अत्यन्त खराब काम गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ट्याग गरेर लेखेकी छिन्– कृपया यसमाथि एक्सन लिनुहोस् र देशलाई यी व्यक्तिको खास अनुहार देखाउनुहोस् । 

उनले अनुरागले आफूमाथि आक्रमण गर्न सक्ने र आफ्नो ज्यान खतरामा रहेको पनि बताएकी छिन् । 

शनिबार साँझ पायलले यो ट्विट गरेपछि अनुरागमाथि कारवाहीको माग गर्दै पायलका प्रशंसकले यसबारे आवाज उठाएका छन् । अभिनेत्री कंगना रनौटले पनि पायललाई साथ दिएकी छिन् र अनुरागको गिरफ्तारीको माग गरेकी छिन् ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २२:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया