सुशान्त घटनामा नयाँ मोड

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ३ महिना भइसकेको छ । तर, यो घटनामाथि छानबिन अझै सकिएको छैन । बरु दिनहुँ नयाँ नयाँ मोड आइरहेका छन् । 

समाचार एजेन्सी आइएएनएसका अनुसार अब सुशान्त घटनाको छानबिनमा कूपर अस्पताल पनि तानिएको छ । यसअघि पोस्टमार्टम गर्दा गम्भीर लापरवाही यो अस्पतालले गरेको भारतीय मिडियाले जनाएका छन् । 

सुशान्तको घटनामा अहिले भारतको एम्सले अनुसन्धान गरिरहेको छ । अर्कोतिर मुम्बई प्रहरीमाथि पनि अब प्रश्न उठाउन थालिएको छ । मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको थियो । तर, उनको परिवारले उनलाई मारिएको हुनसक्ने आशंका गरिरहेका छन् ।






  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २३:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया