आइपीएल : धोनीको त्यो रणनीति, जसले मुम्बईलाई निराश बनायो

इन्डियन प्रिमिएर लिग(आइपीएल) यस सिजनको पहिलो खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहको चेन्नई सुपर किंग्सले जित हात पार्‍यो। गत सिजन फाइनलमा चेन्नईविरुद्ध १ रनको रोमाञ्चक जित हात पार्दै उपाधि जितेको मुम्बई इन्डियन्सले  यस सिजनको पहिलो खेलमा नै चेन्नईसँगै हार व्यहोर्यो।

ब्याटिङ र बलिङ दुवैमा एउटा विषेशता देखियो सुरुमा मुम्बई हाबी। अन्तिमतिर चेन्नई हाबी।

शेख जायद रंगशाला अबुधावीमा भएको खेलमा चेन्नईले टस जितेर पहिले मुम्बईलाई ब्याटिङको निम्ता दिएको थियो। सुरुमा ब्याटिङमा उत्रिएको मुम्बईका लागि ओपनर कप्तान रोहित शर्मा र क्वीटन डी कक दुवैले आक्राकम सुरुवात गरे। ४.४ ओभरमा ४६ रन बनाइसकेको अवस्थामा रोहित आउट भए। उनले १० बलमा १२ रन मात्रै बनाउन सके।  लगतै ५.१ ओभरमा डी कक पनी आउट भएपछि आक्रामक रन बन्ने गति सुस्त भयो। डी ककले २० बलमा ३३ रन बनाए।

११औैँ ओभरमा सूर्यकुमार यादवको विकेट लिएपछि चेन्नईले खेल आफ्नो नियन्त्रणमा राख्यो। हार्दिक पाण्डेय, किरोन पोलार्डले आक्रमण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। केहीले अलि महंगो बलिङ गर्नुबाहेक चेन्नईका बलरले निकै राम्रो प्रदर्शन गरे।

सूर्यकुमारले बनाएको ४२ रन र डी ककको ३३ रन नै मुम्बईका ब्याट्सम्यानको उच्च स्कोर रह्यो।
दक्षिण अफ्रिकी तीब्र गतिका बलर लुन्गी जिदीले ४ ओभरमा ३८ रन दिए तर ३ विकेट लिए। ४२ रन दिएका रविन्द्र जडेजाले २ विकेट लिए। पियुल चायलाले १ विकेट मात्रै लिए तर जम्मा २१ रन मात्रै दिए। इङ्ल्याण्डका युवा अलराउण्डर साम करनले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। ३२ रन दिएका दिपक चहरले २ विकेट लिए।



१६२ रनमा रोकिएको मुम्बईले बलिङतर्फ सुरुमा निकै राम्रो पर्दशन गर्‍यो चेन्नईका दुवै ओपनरलाई चल्ने मौका नै नदिई पेभिलियन फर्काएका थिए। पहिलो ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान सेन वाट्शन आउट भए। दोस्रो ओभरको अन्तिम बलमा मुरली विजय पनि आउट हुँदा चेन्नई ३ ओभरमा २ विकेट गुमेर ६ रनको अवस्थामा पुग्यो। त्यसपछि आएका फा डुप्लेसी र अम्बान्ती रायडुले सुरुमा सुस्त खेले पनि सम्मालिँदै चेन्नईलाई जितको मार्गमा अघि बढाए।

तेस्रो ओभरबाट सुरु भएको यो पार्टनसिफ १६औँ ओभरको अन्तिम बलसम्म टिक्यो। दुईले ७८ बलमा ११५ रनको साझेदारी गरे।  आक्रमक प्रदर्शन गरेका रायडुले ४८ बलमा ७१ रन बनाएर आउट भए। रायडु आउट भएपछि खेल चेन्नई तिर ढल्किसकेको खेल फर्काउने प्रयास मुम्बईले गर्‍यो।



१७ ओभरको खेल सकिँदा १८ बलमा २९ रन चाहिएको थियो चेन्नईलाई जितका लागि र मुम्बईको आशा जीवित थियो। ५ बलमा १० रन बनाइसकेका रविन्द्र जडेजालाई १८औँ ओभरको पहिलो बलमै क्रुलन पाण्डेय आउट गरेपछि मुम्बई खेलमा हावी हुने देखियो। चेन्नईका कप्तान धोनीले ब्याटिङ लाइनमा आफू स्वयं, केदार जादव छँदाछँदै पनि ब्याटिङमा कम अनुभव भएका बलर साम करनलाई क्रिजमा पठाए। थोरै टी–२० खेलमा ब्याटिङ गरेका करनको स्ट्राइक रेट उच्च थियो।

उनले दुईतीन बाउन्ड्री प्रहार गरेको खण्डमा चेन्नईतिर खेल ढल्किन्थ्यो। बाउन्ड्री रोकेर ४÷५ बल डट फाल्न सकेमा मुम्बई खेलमा हाबी हुन्थ्यो। धोनीको आँकलन ठीकै सावित भयो। साम करनले त्यही ओभरमा एक छक्का र एक चौका प्रहार गरी खेल सहजै चेन्नईको पक्षमा ल्याए। जम्मा ६ बलमा १८ रन बनाएर आउट भएका करनले खेल सर्लक्कै चेन्नईको पक्षमा फर्कादिए। केदार जादव वा आफू ब्याटिङमा जाँदा केही बल डट खेल्ने सम्भावना हुँने धोनीको अनुमान थियो सायद । त्यसछि टोली दवावमा आउने धोनीलाई थाहा थियो। अर्को स्ट्राइकमा रहेका डुप्लेसीले कडा आक्रमण नगरी टिकेर खेलिरहेका थिए। प्राय खेलमा अन्तिम ओभरतिर हाबी भई खेल आफ्नो पक्षमा पर्ने मुम्बईको पुरानै तरिकामा धोनी जानकार थिए।

परिस्थिति अनुसार तत्काल रणनीति बदल्न सक्ने र सफल हुने कप्तान हुने धोनी।

मुम्बईको बलिङका लागि सबैभन्दा ठूला हतियार जसप्रिट बुमराहले राहत दिन सकेनन्। १ विकेट लिएपनि उनले ४ ओभरमा ४३ रन दिएर यस खेलका दुवै इनिङमै सबैभन्दा महंगो बलर बन्न पुगे। ४ बल बाँकी छँदै चेन्नईले १६६ रन बनाएर जित हात पार्‍यो। डुप्लेसी ४४ बलमा ५८ रन बनाएर नटआयट रहँदा २ बल सामना गरेका धोनी कुनै रन नबनाइ नटआउट रहे।

आजको खेलमा नेपालका सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावका बीच दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।

  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ८:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया