अनुरागमाथि दुर्व्यवहारको आरोप लगाउने पायल को हुन् ?

बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । अनुरागले आफूमाथि जबरजस्ती गरेको उनले आरोप लगाएकी हुन् । अनुरागमाथि आरोप लगाएपछि उनी ट्विटरमा ट्रेन्डिङमा छिन् ।

हिन्दी, दक्षिण भारतीय तथा पन्जाबी फिल्ममा काम गरिसकेकी पायलले सन् २०१७ मा मात्र बलिउडमा ‘पटेलकी पन्जाबी शादी’बाट डेब्यु गरेकी थिइन् । यो फिल्ममा परेश रावल र ऋषि कपुर लिड रोलमा थिए । 

पायलले यसबाहेक टिभी कार्यक्रमहरुमा पनि काम गरेकी छिन् । पछिल्लो समय सामाजिक सन्जालमा निकै सक्रिय पायलले अनुरागमाथि यौन उत्पीडनको आरोप लगाएपछि बलिउडका अन्य कलाकारको पनि राम्रो साथ पाएकी छिन् ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ९:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया